व्यवसायीहरूले घरभाडा घटाउन घरधनीलाई आग्रह गरेका छन्।
रूपन्देही व्यापार संघ, रूपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरबहाल सरोकार संघले संयुक्त रूपमा घरभाडा घटाउन घर धनीलाई आग्रह गरेका हुन्।
आर्थिकको समयमा महँगो भाडा तिरेर व्यवसाय सञ्चालन गर्न नसकेको भन्दै उनीहरूले घरभाडा घटाउन आग्रह गरेका हुन्।
बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएकापछि बुटवल बजारमा घरभाडामा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूको पसल बन्द गर्ने संख्या बढ्दै गईरहेको जारी विज्ञप्तीमा उल्लेख छ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘यो स्थितिलाई मनन गर्दै पछिल्लो घट्दै र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको आवश्यकता भएकाले घरभाडा घटाउन आग्रह गर्दैछौं।’