नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टमस् लिमिटेड (नेप्स) ले शनिबार सोलुखुम्बुको नाम्चे बजारमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रम नेप्सका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाको नेतृत्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा नाम्चे बजारमा रहेका बैंकका कर्मचारी, शिक्षक, गाउँपालिकाका वडा सचिव, तथा स्थानीय प्रहरी प्रमुखहरूले सहभागी जनाएका कम्पनीले बताएको छ।
सो कार्यक्रममा डिजिटल भुक्तानी प्रविधि, यसको बढ्दो प्रयोग र प्रविधिसँगै आउन सक्ने चुनौती, साइबर सेक्युरिटी, कार्ड/क्युआरमार्फत भुक्तानी, डिजिटल रुपमा कर्जा प्रवाह, कन्ट्याकलेस उपकरणमार्फत भुक्तानी, बचत तथा उद्यमशीलताका अवसर लगायतका नविनतम प्रविधिका विषयमा जानकारी गराइएको थियो।
डिजिटल वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस अघि पनि नेप्सले सुर्खेत, धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई लक्षित 'विद्युुतीय भुक्तानी र डिजिटल बैंकिङ' विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो।
यस प्रकारका डिजिटल वित्तीय साक्षरता कार्यक्रम वार्षिक कार्ययोजना अनुरुप देशका अन्य भागमा समेत निकट भविष्यमा सञ्चालित हुने र सो कार्यक्रमबाट बैंक तथा वित्तीय संस्थाका कर्मचारीमार्फत आम जनतासम्म 'विद्युुतीय भुक्तानी र डिजिटल बैंकिङ'को सचेतना प्रवाहित भई केन्द्रीय बैंकले अवलम्बन गरेको नगद रहित भुक्तानीको प्रवर्द्धन गर्न सफल हुने विश्वास यस कम्पनीले लिएको छ।