नेपाल आयल निगमले बाढीपीडितलाई राहत दिएको छ। सिन्धुपाल्चोकको मेलम्चि नगरपालिका र हेलम्बु गाउँपालिकाको विभिन्न स्थानका बाढीपीडितलाई राहत दिएको हो।
पीडितलाई एक/एक थान सिलिण्डर, ग्यास चुल्हो र खाद्यान्न सामग्री दिएको निगमले जानकारी दिएको छ।
राहत वितरण कार्यमा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराई, ट्रेड युनियनका प्रतिनिधि र निगमका प्रतिनिधिको सहभागी थियो।