आयकर ऐनअनुसार आगामी आर्थिकदेखि लागू हुने भुक्तानीको अग्रिम कर कट्टी दर सार्वजनिक भएको छ। वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिँदा तोकिएको कर कट्टी राजश्व खातामा गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ।
आयकर ऐनको व्यवस्थाअनुसार आन्तरिक राजस्व विभागले आगामी वर्षका लागि तोकिएको दर सार्वजनिक गरेको हो।
नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्म विभिन्न दरहरू तोकिएका छन्।
आयकर ऐन २०५८ अनुसार अग्रिम कट्टी गर्नुपर्ने त्यस्तो करको दरको अनुसूची भने प्रत्येक वर्ष परिवर्तन हुनसक्छ। तर आगामी वर्षका लागि धेरै विषयवस्तुमा दर हेरफेर भएको छैन।
नियमित पारिश्रमिकका लाग्ने कर प्रचलित आयकरका दरअनुसार कर कट्टी गर्नुपर्छ भने बाँकीको भुक्तानी विभागले तोकेको अनुसार हुन्छ।
आगामी वर्षका लागि विभागले तोकेको विवरण यस्तो छ: