निषेधाज्ञाको समयमा घरैको खाना खाइरहँदा रेस्टुरेन्टको स्वाद चाख्ने मन कसको नहोला र? रेस्टुरेन्टमा गएर खाना खाने स्थिति नभएको समयमा पठाओले ग्राहकलाई सस्तो खाना दिन पठाओ फुडमा छुट अफर ल्याएको छ।
विभिन्न रेस्टुरेन्टको फुड मेनुमा तीस प्रतिसतसम्म छुट र डेलिभरीमा छुट लगायतका अफर उपलब्ध छन्।
फुड अर्डर गरेको बढीमा ४५ मिनेट भित्र डेलिभरी हुने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।
‘छोटो समयमा तात्तातै फुड डेलिभरी गर्नु पठाओ फुडको विशेषता हो,’ उनले भने।
लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वादबाट बन्चित खानाका पारखीहरुले अब आफ्नो रोजाइको रेस्टुरेन्टबाट भारी छुटमा खानेकुरा घर तथा अफिसमै मगाउन सक्छन्।
फुडम्यानको लाइभ ट्रयाकिङ गर्न सकिने र एकै पटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सकिने भएकाले सेवाग्राहीलाई सहज हुने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंहले बताए।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गर्यो।
सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा दिँदै आएको छ।
हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ।