इ–लर्निङ प्लेटफर्म स्कलर स्पेसले मानव बेचबिखन अनुसन्धान ब्यूरो र माइती नेपालको सहकार्यमा ‘युथ एक्सन फर अवेरनेस’ अभियान सुरु गर्ने भएको छ।
एक महिने उक्त अभियानमा मानव बेचबिखन विरुद्ध सचेतना फैलाउन टक सो, प्यानल डिस्कसनलगायत विभिन्न विधामा तालिम प्रदान गरिने स्पेसले जनाएको छ।
करिब २५ वटा विधामा तालिम प्रदान गरिनेछ। तालिमका लागि स्कलर स्पेसको वेवसाइटमा गएर रजिस्टर गर्न सकिनेछ।
सेयर मार्केट, पब्लिक स्पिकिङ, आर्ट अफ लिभिङ, मेकअप, फोटोसप, वल्र्डप्रेस, साइबर सेक्युरिटी, पाइथोन, लगायत २५ विधामा तालिम लिन सकिनेछ।
तालिममध्ये धेरै निःशुल्क रहेको र केही सशुल्क रहेको स्पेसले जनाएको छ। १५ हजार शुल्क पर्ने तालिमहरुको शुल्क तीन सय मात्रै राखिएको सूचना अधिकारी अञ्जना बस्नेतले बताइन्।
उठेको रकम साउन १५ गते अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसका दिन बेखबिखनका प्रभावितको सहयोगका लागि माइती नेपाललाई हस्तान्तरण गर्ने स्पेसले जनाएको छ। सीपमूलक तालिमको रजिस्ट्रेशन खुलिसकेको छ।