अबदेखि नेपाल एयरलाइन्सले हुलाक सेवाका चिठीपत्र बोक्ने भएको छ।
एयरलाइन्स र हुलाक सेवा विभाग बीचमा अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएसँगै नेपाल एयरलाइन्सले यो जिम्मा लिएको हो।
सन् २०२१ जुलाई १ देखी लागू हुने सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अव निगम मार्फत् मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् । यस अघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत सो काम गराईरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैयाँ देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने एयरलाइन्सले विश्वास लिएको छ।