रेमिट्यान्स सेवा प्रदायक कम्पनी रिया मनी ट्रान्स्फर र इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
सम्झौताअनुसार नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार बढी स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिनेछ।
रियासँग इसेवाका करिब ४२ लाख ग्राहकसम्म पहुँच हुने बताइएको छ।
‘हाम्रो सहकार्यले सुविधाजनक र किफायति रेमिट्यान्स सेवामार्फत प्रवासी समुदायलाई सहयोग पुग्छ,’ रिया मनि ट्रान्स्फरका ग्लोबल सिईओ शौन फिल्डरले भने।