ओ टु ओ (अफलाइन टु अनलाइन) सुविधासहित इटहरीमा 'साथीमार्ट'को आउटलेट सुरू भएको छ।
करिब तीन करोड रूपैयाँको लागतमा संचालित शाखामा साथीमार्टको प्रदेश एकको क्षेत्रीय कार्यालय तथा गोदाम (वितरण केन्द्र) समेत रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए।
इटहरीको फुलबारी लाइनस्थित मिलन चोकमा खुलेको मार्टको आउटलेट वायरहाउससहित पाँच हजार वर्गफिट रहेको बताइएको छ।
साउनको दोस्रो हप्तासम्म सन्चालनमा आउने इटहरी आउटलेट फ्रेन्चाइज नभई साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा रहने पोख्रेलले बताए।
नयाँ आउटलेटमा करिब तीस जनाले प्रत्यक्ष रोजगारी पाउने छन्।
ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।
इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे गिफ्ट, तरकारी, फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ।
इटहरी आउटलेट खुलेसँगै एक वर्षभित्रमा प्रदेश एकमा सय शाखा विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ।
हाल प्रदेश एकमा २० शाखा सञ्चालनमा रहेको र करिब १० शाखा खुल्ने तयारीमा रहेको पोख्रेलले जानकारी दिए।
फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा पोखरा, चितवन, बुटवलमा पनि यसै वर्ष ठूला आउटलेट सञ्चालनमा ल्याउने तयारी रहेको पोख्रेल बताउँछन्।
मार्टमा ग्राहकले ३० प्रतिशत सम्मको छुट, फल्याट सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहने बताइएको छ।
स्टोर पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले सञ्चालन हुने नेपालकै पहिलो मार्ट हुने पोख्रेलको दाबी छ। साथै ग्राहकले अनलाइन अर्डर गरेर आफैंले पिकअप गर्ने सुविधा समेत रहेको पोख्रेल बताउँछन्।