नेपाल–भारत रेलसेवा सम्झौतामा संशोधन भएको छ। नेपाल तथा भारतका सम्बन्धित अधिकारीहरुबीच लेटर अफ एक्स्चेन्ज आदान प्रदान भइसकेको नेपाल–भारत उद्योग वाणिज्य संघले जनाएको छ।
नेपाल भारत व्यापारलाई समयानुकुल तथा प्रतिस्पर्धी बनाउन सम्झौता संसोधन गरिएको संघको धारणा छ।
संशोधित प्रावधान अनुसार अब नेपालले अन्य सरकारी तथा निजी भारतीय रेल सेवा तथा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका तथा रहने रेल तथा वागनले वीरगन्ज र बिराटनगरदेखी कोलकाता र हल्दियासम्म रेल सेवा दिन सक्छन्।
नेपालको कार्गो ढुवानी गर्ने रेल सेवा प्रदायक कम्पनीहरु बीच प्रतिस्पर्धा भई एकाधिकारको अन्त्य हुने संघको विश्वास छ।
साविकमा नेपालमा हुने आयात निर्यातका लागी रेल सेवामा लाग्ने सेवा शुल्क अग्रिम रुपमा कोलकातामा तिर्नु पर्ने व्यवस्था थियो। अब नेपाली वाणिज्य बैंक मार्फत सिधा भुक्तानी दिन सकिने ब्यबस्था गरिनु पनि सकारात्मक रहेको संघको भनाइ छ।
यसपटकको संशोधनले दुबै देश बीचको ब्यापार तथा पारवहन सम्बन्धलाई अझ थप सुदृढ बनाउन सघाउने उल्लेख छ।