इ–लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ भिडियोहरुमा अभिनय गर्न कलाकारहरुलाई आमन्त्रण गरेको छ।
उक्त प्लेटफर्म २५ हजारभन्दा बढी विद्यार्थीहरुले प्रयोग गर्दै आएका छन्।
भिडियोहरुमा शिक्षक तथा विद्यार्थीको भूमिका निभाउन माई सेकेण्ड टिचरले अडिसन गर्ने भएको हो।
अडिसनमार्फत् शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न २० कलाकारहरु छनोट हुनेछन्। त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रमअनुसार इ–लर्निङ भिडियोहरुमा अभिनय गर्नेछन्। बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रमअनुसार इन्टरनेशनल इ–लर्निङ्ग भिडियोहरुमा अभिनय गर्नेछन्।
क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत आइसिएसई तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथ विषयका भिडियो रहेका छन्।
नेपाली पाठ्यक्रमअन्तर्गत कक्षा १० को अंग्रेजी, विज्ञान, अनिवार्य गणित र अर्थशास्त्रका भिडियोहरु रहेका छन्।
राष्ट्रिय तथा अन्तर्राीष्ट्रय भिडियोहरुमा शिक्षकको भूमिकामा देखिने पुरुष तथा महिला कलाकार २५ वर्षदेखि ४५ वर्ष उमेर समुहको हुनुपर्नेछ। साथै विद्यार्थीको भूमिकामा देखिने कलाकार १५ देखि २५ वर्ष उमेर समुहको हुनुपर्नेछ।
नेपाली पाठ्यक्रममा अभिनय गर्ने कलाकारको नेपाली र अंग्रेजी भाषाको उच्चारण स्पष्ट हुनुपर्नेछ।
क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा अभिनय गर्ने कलाकारको हकमा, अंग्रेजी भाषाको उच्चारण न्युट्रल या ब्रिटिश हुनुपर्नेछ। इच्छुक कलाकारहरुले श्रावण १ गतेसम्म आवेदन दिन सकिन्छ।
आवेदनका लागिः http://innovatetech.io/jobs/मा जान सकिन्छ।