रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ। ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो।
कम्पनी ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा विश्वस्त छ।
कोरोनाका कारण स्थगित भएको शिल्यान्यास रिद्धिसिद्धिसँग योजना पुन सुरू भएको कम्पनीले बताएको छ।
योजनाको लाभ उठाउन ग्राहकले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)/९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन्।
यो योजना प्रथम एक हजार उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा सय बोरा खरिद गरिएको हुनुपर्नेछ।