टिम भर्टेक्स नेपाल र स्पर्स एजुकेशनल फाउन्डेसन नेपालको संयुक्त आयोजनामा युवाहरूको सीप विकास, दक्षता मूल्याकंन तथा स्वरोजगारलाई प्रोत्साहन गर्ने उदेश्यले विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ।
सेन्ट्रल विजनेश पार्कमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमअन्तर्गत मल्टि स्किल आइटी ल्यावको उद्घाटन बिपिओ, आइटी, एआरभिआर, डिजिटल मार्केटिङ र ट्याली सेक्टरबाट भएको थियो।
टिम भर्टेक्स नेपालले आइटी, आइटीआइएस र ट्याली सेक्टरमा पायलट ब्याचहरुको समेत अनाउन्समेन्ट गरेको थियो।
नेपालमा सीप विकासलाई थप सशक्तबनाउँदै स्थानीय तहबाटै स्वरोजगार सृजना गरेर नयाँ पुस्ताको लागि नेतृत्व गर्न सक्ने गरि युवाहरूलाई सक्षम बनाउने विषयहरुलाई उत्थान गरेर प्रभावकारी योजना सहित अघि बढ्ने बिषयमा बृहत् छलफल गरिएको थियो। प्रशिक्षण पश्चात अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विद्यार्थीहरुको दक्षता मूल्यांकन समेत गरिएको थियो।
हरेकवर्ष जुलाई १५ लाई विश्व युवा दक्षता दिवसको रुपमा विश्वभर विविध कार्यक्रम गरि मनाउँदै आइएको छ।
संयुक्तराष्ट्र महासभाले यस दिन युवावर्गमा प्राविधिक र व्यवसायिक शिक्षाको महत्व जानकारी गराउँदै स्थानीय तथा विश्व अर्थतन्त्रमा प्रभावकारी हुने प्रशिक्षण तथा सीप विकासका कार्यक्रमहरु गराउँदै आएको छ।