'साथीमार्ट'ले सल्यानको श्रीनगरमा नयाँ आउटलेट सुरू गरेको छ।
सल्यानका व्यवसायी युवराज बुढाथोकीले फ्रेन्चाइज लिएर आउटलेट सञ्चालनमा ल्याएका हुन्।
फेसबुकमा साथीमार्टको बारेमा जानकारी पाएपछि जिज्ञासा राखी प्रभावित भएर नयाँ अवसरको रूपमा साथीमार्टको आउटलेट सुरू गरेको बुढाथोकीले बताए।
साथीमार्टको सहज तथा आधुनिक प्रविधि र सहयोगी टिमले गर्दा काम गर्न सहज भएको उनको भनाइ छ।
उनी भन्छन्, 'साथीमार्टको बिजनेस कन्सेप्ट देखेर म एक्साइटेड पनि छु। यो नेपालमै बसेर केही गरौं भन्नेलाई राम्रो अवसर पनि हो।'
आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ।
फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा पोखरा, चितवन, बुटवलमा पनि यसै वर्ष ठूला आउटलेट सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।
एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्ट्रिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ।