फेवातालसँगै जोडिएको र आकर्षक डिजाइन भएकोले पछिल्लो समय निकै लोकप्रियता कमाएको 'लेक हाउस पोखरा'ले दोस्रो लकडाउनपछि पचास प्रतिशत छुटसहित 'थ्रिबि' अफर घोषणा गरेको छ।
कपल अफर अन्तर्गत जोडीले बुकिङ गर्दा पहिले ६ हजार रहेको प्याकेज ३ हजारमा उपलब्ध भएको लेक हाउसका सञ्चालक सुजन जोशी बताउँछन्।
थ्रिबि अर्थात् बोट, बेड र ब्रेकफास्ट रहेको उक्त प्याकेज अन्तर्गत लेकसाइडदेखि लेक हाउससम्मको दुई तर्फी डुङ्गाको यात्रा, कोठा र दुई जनाको लागि ब्रेकफास्ट समेटिने जोशीको भनाइ छ।
लेकसाइडको पारिपट्टी अनदु गाउँमा रहेको लेक हाउसबाट फेवाताल सँगै पोखरा लेकसाइडको रमाइलो दृश्य, हिमाल, सूर्योदय लगायतको अद्भुत दृश्यपान गर्न पाइने जोशीले बताए। माछाका परिकारको लागि पनि लेक हाउस प्रसिद्ध छ।
द लेक हाउस पोखराले ६ वर्षदेखि होटल तथा रेस्टुरेन्टको सेवासहित लेक हाउसको सञ्चालन गर्दै आइरहेको छ।