नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्थासहितको एसएपी गरेको छ।
यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्टआइपिएस (वेब, मोबाइल एप तथा गेटवे) कर्पोरेट्पे तथा बैंक वित्तिय संस्थाहरुको शाखा मार्फत् निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन्।
औपचारिक थालनीको चार दिनमा नै निगमको ३.९७ अर्ब रुपैयाँ बराबरको भुक्तानी संकलन भएको छ।
विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने निगम पहिलो सरकारी निकाय बनेको बताइएको छ।
उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसीएचएलको प्रणाली मार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ।
यससँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइन मार्फत् गर्न आवश्यक पहल गरिसकेको बताएको छ। साथै छिटै लागू हुने योजना रहेको छ।
यसले निगमको कार्यकुशलता र पारदर्शितामा विशेष टेवा पुर्याउने अपेक्षा गरिएको छ।