बैंकर शाश्वत कार्कीको नेतृत्वमा हेलम्बु ग्रामीण नगरपालिकाको ग्याल्थुममा बाढी र पहिरो पीडितहरूलाई राहत वितरण गरिएको छ।
शाश्वतले आरएसटिसिए फाउन्डेसन र बेलायतमा रहेका गैर–आवसीय नेपालीहरूको सहयोगमा दुई लाख २५ हजार रकम संकलन गरी राहत वितरण गरेका हुन्।
‘अत्यावशेक सामग्री जस्तै खानापिनका सामग्री, ब्ल्याङ्केट, टेन्टसँगै औषधिहरू वितरण गरेका हौं’, शाश्वतले भने। उनका अनुसार राहत वितरणका लागि एक जना गैर–आवसीय नेपालीसहितको स्वयंसेवकहरू सोमबार ग्याल्थुममा पुगेका थिए।
हेलाम्बु गत महिनाको बाढी र पहिरोबाट निकै प्रभावित छ। जसका कारण सयौं स्थानीयहरू विस्थापित छन् भने कतिको मृत्यु समेत भएको छ।
ग्याल्थुम हेलम्बुदेखि झन्डै १९ किलोमिटर टाढा भएकोले अन्य ठाउँमा जस्तै यस क्षेत्रसम्म राहत कार्यक्रम धेरै नपुगेको शाश्वत बताउँछन्। त्यसैले यहीँ क्षेत्रदेखि राहत वितरण सुरु गरेका हुन्।
भविष्यमा पनि उनले संस्थागत एवम् व्यक्तिगत रूपमा अन्य विभिन्न राहत वितरणलगायत सामाजिक कार्यमा सक्रिय हुने प्रतिवद्धता व्यक्त गरे।