गेटदेखि गेटसम्म सेवा भएकोले लोकप्रिय भैरहेको पठाओ ट्याक्सी झरीको समयमा गन्तव्यसम्म पुग्न अझ उत्तम विकल्प भएको छ।
झरीमा रुझ्दै चोकमा ट्याक्सी खोज्न जान नपर्ने भएकाले मनसुनको समयमा पठाओ ट्याक्सीको लोकप्रियता बढेको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।
साथै, कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) राखिएको छ।
उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई विचार गरी प्लास्टिकको पर्दा अनिवार्य गरिएको बस्न्यातले बताए।
क्याप्टेनले मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत व्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यात बताउँछन्। पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरू गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरू गरेको हो।
सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरू गरेको थियो।
हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले 'पठाओ बजार' पनि सुरू गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि सुरू गरिएको पठाओ बजार परीक्षणका क्रममा छ।