फेसन डिजाइनर काउन्सिल अफ नेपालले सल्लाहकारमा कोरियोग्राफर अश्विनी कान्त झालाई नियुक्त गरेको छ।
छैठौ वार्षिकोत्सवको उपलक्ष्यमा फेसन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले शनिबार आयोजित एक समारोहमा अश्विनी झालाई नियुक्तिपत्र प्रदान गरेका हुन्।
सो कार्यक्रममा काउन्सिलका अध्यक्ष झाले विगत डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा मोडलिङ, ब्युटी पेजेन्ट तथा फेसन कोरियोग्राफीको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गरेको कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझेको बताए।
उनलाई सल्लाहकारको रूपमा संस्थाले पाउँदा उनको सीप, दक्षता तथा लामो समयको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेसन डिजाइनरका साथै यस फेसन डिजाइनर काउन्सिल अफ नेपालले पनि निकै लाभ लिन सक्ने अध्यक्ष झाले बताए।
कार्यक्रममा कोरियोग्राफर अश्विनी झाले फेसन डिजाइनर काउन्सिल अफ नेपाललाई उक्त जिम्मेवारीको लागि योग्य ठानेकोमा धन्यवाद दिँदै कोरियोग्राफर र फेसन डिजाइनर एकअर्काको परिपूरक रहेको बताए।