आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी न्यून गुणस्तर खाद्य पदार्थका मुद्दा परेका छन्।
खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा एक सय मुद्दा जिल्ला अदालतमा दायर भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी दिएको हो।
दायर गरिएका मुद्दा सबैभन्दा बढी ४० प्रतिशत न्यून गुणस्तरका, २६ प्रतिशत दूषितका र बाँकी आठ प्रतिशत खाद्य ऐन उल्लंघनका थिए।
सो आर्थिक वर्षमा विभागले खाद्य उद्योग तथा बजार निरीक्षण गरी दुई हजार आठ सय ३४ नमूनाहरु संकलन गरेको थियो।
संकलित नमूनाहरु मध्ये खाद्यान्न/दलहनजन्यका सात सय ४७ वटा, तेल तथा घ्यूजन्य तीन सय ८२ वटा, फल तथा सागपातजन्य दुई ९९ दाना पदार्थका दुई सय ७४, मसलाका दुई सय ६६, चिया कफिका एक सय २४, दूध तथा दुग्ध पदार्थका दुई सय ६, प्रशोधित पिउने पानीका एक सय ६५ रहेको विभागले जनाएको छ।