सिमरा महानगरपालिकाको रेलवे लाइनमा 'साथीमार्ट'को नयाँ शाखा सुरू भएको छ।
कपडाको इ-कमर्स गर्दै आएका व्यवसायी सुरेश राज केसीले १ हजार २ सय वर्गफिटमा मार्ट सञ्चालनमा ल्याएका हुन्।
सामाजिक सञ्जालको माध्यमबाट अवसरको बारेमा जानकारी पाएर साथै 'साथीमार्ट'को बिजनेस मोडेलबाट प्रभावित भएर राम्रो लगानीको अवसर देखेर लगानी गरेको केसीले बताए।
सञ्चालक केसीले आफ्नै भाइको समेत सहयोगमा सञ्चालन गरेको मार्ट फ्रेन्चाइज मोडलमा खोलिएको हो।
साथीमार्टको टिमबाट प्राप्त गरेको प्राविधिक सहयोगबाट प्रभावित भएको केसीको भनाइ छ।
साथीमार्ट इनकर्पोरेट कम्पनी र फ्रेन्चाइज लगानीकर्ता दुबैको सफल भविष्यको लागि साथीमार्ट आशाको केन्द्र भएको केसीको भनाइ छ।
केसी अनलाइन व्यवसाय अबको भविष्य हो? भन्ने विश्वास गर्दछन् र साथीमार्टले देशभर अनलाइनमार्फत् अर्डर लिएर होम डेलिभरीमा जाने योजना रहेकोले आफू उत्साहित भएको बताउँछन्।
साथीमार्ट प्रडक्सन र साथीमार्ट एफिलिएट मार्केटिङ सुरूआतको लागि उत्सुकतासाथ प्रतीक्षा गर्दै फ्रेन्चाइजीले आकर्षक नाफाका लागि नेपालमा बनाइएका उच्च गुणस्तरका उत्पादनहरू बेच्न सक्ने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेल बताउँछन्।