बुद्ध एयरले भरतपुरदेखि भैरहवा हवाइ उडान सुरू गर्ने भएको छ। आगामी साउन ३१ गतेदेखि भरतपुर-भैरहवा सातामा ३ उडान गर्ने भएको छ।
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको क्रम सुरू भएसँगै यात्रुहरुको सहजताको लागि हवाइ उडान सुरु गरिएको बुद्ध एयरले जानकारी दिएको छ।
नारायणगढ देखि भैरहवा सम्म नारायणगढ बुटवल सडक खण्ड विस्तारका कारण यात्रहरुले सास्ती खेप्न नपरोस भनी उडान सुरू गरिएको एयरले जनाएको छ। चितवन र लुम्बिनीको पर्यटनलाई जोड्दै पर्यटन आगमनलाई सहज तुल्याउन हवाई उडान सुरु गर्न लागिएको हो।
बुद्ध एयरका अनुसार यसको भाडादर २८३५ रूपैयाँदेखि ४३३५ रूपैयाँसम्म तोकेको छ।
बुद्ध एयरले नारायणगढ मुग्लिङ सडकखण्डको बिस्तारका क्रममा तीन वर्षअघि देखी भरतपुर पोखरा उडान सुरु गरेको थियो।
यसअघि बुद्ध एयरले पोखरा-नेपालगन्ज उडान सुरू गरिसकेको छ।