कोभिडका बेलामा रगत अभाव नगराउने सोचले ललितपुर चेम्बर अफ कमर्सले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
मेडिसिटी अस्पतालको सहयोगमा जावलाखेलमा कार्यक्रम आयोजना गरिएको ललितपुर चेम्बर अफ कमर्सका कार्यवहाक अध्यक्ष निरु थापाले जानकारी दिए।
‘कोभिडका बेला सामान्य अवस्था जस्तो रगत सजिलै पाइदैन। त्यसैले अभाव नगराउने सोचले यस्तो कार्यक्रम आयोजना गरिएको हो’, उनले भने। रक्तदान ५० बढीले गरेका छन्।