ग्लोबल आइएमई बैंक र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कणाली प्रदेशबीच किसानहरुलाई व्याज अनुदानमा ऋण प्रदान गर्न सम्झौता भएको छ।
मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र र ग्लोबल आइएमई बैंक लिमिटेड कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले बिहिबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
यसबाट प्रदेशमा व्यवसायीक कृषि फस्टाउने तथा रोजगारीका अवसरसमेत बृद्धि हुने विश्वास लिइएको छ।
ग्लोबल आइएमई बेंकका ७६ जिल्लामा २८० शाखा रहेका छन्।