नेपाली ब्रान्ड मात्र प्रवर्धन तथा बिक्री वितरण गर्ने उद्देश्यले ग्रो डेली अनलाइन स्टोर सञ्चालनमा आएको छ।
फोर एरोज इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको ग्रो डेलीले नेपाली ब्रान्ड, खाद्यान्न, तरकारी, फलफूल लगातय अन्य दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको छ।
ग्रो डेलीमा खाद्यान्न, तरकारी, फलफूल, डेरी, बेकरी बेबी केयर सहित १५ सय भन्दा बढी सामानहरु उपलब्ध छन्।
ग्राहकले ग्रो डेली वेबसाइट, मोबाइल एप, फेसबुक, भाइवर र ह्वाट्सएपको माध्यमबाट आफूले चाहेको सामान अर्डर गर्न सक्नेछन्। साथै अर्डर गरेको २४ घण्टाभित्र सामान डेलिभर हुने कम्पनीले जनाएको छ।