नेपाल उद्योग परिषंघले शुक्रबार सार्वजनिक मौद्रिक नीति कोभिड प्रभावित व्यवसायमा केन्द्रित रहेकोभन्दै खुसी व्यक्त गरेको छ।
नीतिले प्रभावित व्यवसायको पुनरुत्थान तथा आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने परिसंघको विश्वास छ।
पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले धरासायी बनेको सो क्षेत्र माथि उक्सिन सहयोग पुग्ने परिसंघले बताएको छ। प्रेस विज्ञप्ति जारी गर्दै परिषंघले नीतिले ठूला उद्योगी व्यवसायीहरुलाई भने सम्बोधन गर्न नसकेको उल्लेख गरेको छ।
एउटै बैंकले ऋण दिन सक्ने सीमा बृद्धि, विपन्न वर्ग कर्जा गणनामा विस्तार तथा साना र मझौला व्यवसायीको ऋणमा सीमा निर्धारण गर्ने व्यवस्था सकारात्मक भएको संघको बुझाई छ।
ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण सम्बन्धी व्यवस्था परिषघंको सुझावअनुसार भएको संघले बताएको छ। सार्वजनिक सावरी मर्मतका लागि प्रतिसवारी दुई लाख रुपैयाँ कर्जा प्रदान गर्ने व्यवस्था पनि सकारात्मक रहेको संघको धारणा छ।
त्यस्तै स्वरोजगार हुन २५ लाख रुपैयाँसम्मको सवारी खरिदलाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्थाले स्वरोजगार बृद्धि गर्ने परिसंघको बुझाई छ।