रिटेल चेन सुपरमार्केट 'साथीमार्ट'ले इटहरीको मिलनचोकमा आउटलेट सञ्चालनमा ल्याएको छ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले साउन ३० गते शनिबार आउटलेटको उद्घाटन गरेका हुन्।
ओ टु ओ (अनलाइन टु अफलाइन) सुविधासहित इटहरीमा 'साथीमार्ट'को आउटलेट सुरू भएको हो।
करिब ३ करोड रुपैयाँ लागतमा सञ्चालित शाखामा साथीमार्टको प्रदेश १ को क्षेत्रीय कार्यालय तथा गोदाम (वितरण केन्द्र) समेत रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए।
इटहरीको फूलबारी लाइनस्थित मिलनचोकमा खुलेको मार्टको आउटलेट वयरहाउससहित पाँच हजार वर्गफिट रहेको बताइएको छ।
फेन्चाइज नभई साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा रहने नयाँ आउटलेटमा करिब तीस जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।
इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ।
मार्टमा ग्राहकले ३५ प्रतिशतसम्मको छुट, फ्ल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहने बताइएको छ।
स्टोर पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले सञ्चालन हुने नेपालकै पहिलो मार्ट हुने पोख्रेलको दाबी छ। साथै ग्राहकलाई पिक अपसम्मको सुविधा प्रदान गर्ने पोख्रेल बताउँछन्।
ग्राहकहरूका लागि एनआइसी एसिया बैंकबाट सामान खरिद गर्दा २० प्रतिशतसम्मको छुटका साथै स्पिन द ह्विलबाट उपहार जित्ने मौका पाउनेछन्।
त्यसका साथै यस आर्थिक वर्षभित्र फ्रेन्चाइजबाहेक साथीमार्टकै लगानीमा नेपाल विभिन्न सहरमा १० वटा आउटलेट खोलिने पोख्रेलले बताए।