ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त शैक्षिक संस्था टिबिसीले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन सुरु गरेको छ। सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ब्रिटिस एजुकेशन ग्रुपले नमस्ते एकेडेमीको पनि व्यवस्थापन थालेको हो।
कलेजका संस्थापक राजन कँडेलका अनुसार नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकोले आफूहरु नयाँ यात्राको लागि तयार रहेको बताए। उनले टिबिसीले नमस्तेको व्यवस्थापनको जिम्मा लिएसँगै आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान हुने विश्वास व्यक्त गरेका छन्।
यो सहकार्य र सह¬लगानीले नमस्ते एकेडेमीले विश्वस्तरको प्रोगेशिभ शिक्षा दिने वचन र प्रतिबद्धता पुरा भएको नमस्ते एकेडमीका अध्यक्ष विष्णु भुसालले बताए। साथै, उनले यसै शैक्षिक शत्रमा एसइई उत्रिर्ण भएका २५ विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी दिनको लागि शुभकामना दिए।
विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ। शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन्। बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ।
‘हाम्रो उदेश्य गुणस्तरिय र परिमार्जित शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु हो,’ एकेडेमिक डाइरेक्टर बार्थोलोमेउले भने, ‘हामी ज्ञानसँगै अतिरिक्त क्रियाकलापहरु खेलकुद, कला तथा अन्य चाहिने सुविधाहरु प्रदान गरेर विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धी बनाउन प्रयासरत छौं।’
नमस्तेले जारी शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सञ्चालनमा ल्याएको छ। कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले कोभिड– १९ को महामारीको समयमा विद्यार्थीहरुलाई उचित ज्ञान दिनको लागि कलेज अझै सक्षम भएकोले विद्यार्थीहरुलाई भर्ना हुनको लागि आह्वान समेत गरेका छन्।
ब्रिटिस एजुकेशन ग्रुपले नेपालसहित लण्डन तथा दुवईमा पनि कलेजहरु सञ्चालन गर्दै आएको छ।