कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ। कोरोना लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड उपयुक्त मानिएको छ।
२ देखि ६ मिनेटभित्र भाईरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशतसम्म कोभिड–१९ भाईरसको सूक्ष्म जीवबाट सुरक्षा प्रदान गर्ने कम्पनीले बताएको छ।
भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ।
भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन।