ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार बैंकले पहुंच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, तथा कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्राथमिकतामा राखी विभिन्न सेवाहरु प्रदान गर्नेछ। त्यस्तै, अपांगता भएका व्यक्तिहरुले व्यवसायिक कर्जा लिन चाहेमा विशेष सुविधासहित कर्जा उपलब्ध गरिने समझदारी पत्रमा उल्लेख छ।
ग्लोबल आइएमई बैंकका दुई सय ८० शाखा रहेका छन्। ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब आठ सय सेवा केन्द्रबाट २३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।