बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै र बजारमा भर्चुअल व्यवस्थाको मागलाई सम्बोधन गर्नको लागि काठमाडौंको चक्रपथस्थित होटल साम्बालाले जुम रूमको व्यवस्था गरेको छ।
विभिन्न कन्फरेन्सलगायत मिटिङ स्वास्थ्यको मापदण्ड पालना गर्दै सम्पन्न गर्नको लागि हाइब्रिड सेट अप व्यवस्था गरिएको जुम रूम सञ्चालनमा ल्याएको हो, जसमा भर्चुअल र भौतिक दुबै रूपमा कार्यक्रम सम्पन्न गर्न सकिने होटल साम्बालाका महा-प्रबन्धक रविन मानन्धरले बताए।
यस मिटिङ रूममा भौतिक रूपमा उपस्थित पनि हुन सकिन्छ भने आफ्नो डेस्कटप, मोबाइल अथवा अन्य कुनै डिभाइसबाट जुममार्फत सहभागी पनि हुन सकिन्छ।
भौतिक रूपमा सम्पन्न हुने कार्यक्रममा पनि सामाजिक दूरी कायम राख्दै स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्दै सो रूम तयार गरिएको बताइएको छ।
यस मिटिङ रूममा एडभान्स प्रविधि प्रयोग गरिएको छ। जहाँ हाई क्वालिटी स्पिकर फोन, अल इन वान क्यामेरा र अप्सनल एक्सपानसन माइक्रोफोन लगायतका उपकरण प्रयोग गरिएको छ।
काठमाडौं उपत्यकाभित्रै रिफ्रेसमेन्टका लागि होटल साम्बाला उपयुक्त ठाउँ हो।
होटलको रुफटप स्वमिङ पुल र पुलसाइड क्याफेले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ। होटलबाट काठमाडौं उपत्यकाको विभिन्न भाग र वरपरका पहाड देख्न पाइन्छ। सूर्यास्तको दृश्य यहाँको अर्को आकर्षण हो।
होटलले परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै आधुनिक सुविधा प्रदान गर्दै आइरहेको छ।
साम्बाला पुग्ने हरेक मानिसले तिब्बती सम्पदा र कला-संस्कृतिलाई बुझ्न र अवलोकन गर्न पाउनेछन्।
डिलक्स, एक्जुकेटिभ र स्विट रूम, रेष्टुरेन्ट, स्वीमिङ पुल र स्पा सबै साम्बालामा छन् जसले गर्दा अतिथिहरूले सबै सुविधा एउटै छानामुनि पाउन सक्छन्।