काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले चुनावी घोषणापत्रमा उल्लेख भएका कतिपय काम गर्न नसकेको बताएका छन्।
२७ औँ काठमाडौँ महानगर दिवसको अवसरमा गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
‘हामीले चुनावी घोषणापत्रमा उल्लेख गरेका कतिपय काम गर्न सकेका छैनौँ,’ शाक्यले भने ‘चक्रपथ विस्तारको काम सम्पन्न नहुँदा हामीले मोनोरेलको काम अघि बढाउन सकेनौँ।’
त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भएको उनको भनाइ छ।
‘भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि अघि बढाउन नसकेका बताउँदै मेयर शाक्यले केही सम्पदा पुर्ननिर्माणमा मुद्दा परेका कारण ढिलाई भएको बताए।
त्यस्तै उनले उपत्यका विकास प्राधिकरण खारेजीको माग पनि यथावत रहेको बताए। यसअघि उपत्यकाका सबै मेयरहरुले प्राधिकरण खारेजीको माग राखेका थिए।