नेपाल वायुसेवा निगमको ट्विनअट्टर विमानले बुधबार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल उडान परीक्षण गरेको छ।
काठमाडौं विमानस्थलबाट बिहान ९ बजेर ५ मिनेट जाँदा उडान भरेको विमानले १० बजेर २ मिनेटमा विमानस्थलमा अवतरण गरेको हो।
निगमद्वारा जारी एक विज्ञप्तीअनुसार परीक्षण उडानका लागि पर्यटनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन रहेको थियो।