ललितपुर महानगरपालिकाभित्र सहरलाई कुरुप बनाउनेगरी राखिएका होर्डिङ बोर्ड र पम्पलेट हटाउने कार्यलाई अगाडि बढाएको छ। महानगरभित्रको ससज्जा बिगार्नेगरी राखिएका त्यस्ता बोर्ड हटाउने र निर्देशन विपरीत राख्नेलाई कारबाही पनि गर्ने गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
महानगरको नियम विपरीत बोर्ड र पम्पलेट राख्नेहरुलाई हालसम्म तीनजनालाई पक्राउ गरी कारबाही पनि सुरु गरिएको महर्जनले जानकारी दिए।
‘सहरको सुन्दरतामा आँच पु¥याउने कसैलाई पनि हामी छाड्दैनौं’ महर्जनले सेतोपाटीसँग भने,‘हामी जनचेतानसँगै सफा गर्ने र अटेर गर्नेलाई कारबाही पनि सँगै गर्र्छौ जसको सुरुवात हामीले गरिसकेका छौं।