आर्थिक वर्षको अन्तिमतिर जसरी पनि बजेट सक्नकै लागि गुणस्तरहीन निर्माण हुने भन्दै ललितपुर महानगरले नयाँ व्यवस्था लागू गरेको छ। महानगरले नगर तथा वडास्तरीय योजनाको सम्झौता अवधि पछिल्लो आर्थिक वर्षको पहिलो चौमासिकसम्म थप गर्ने व्यवस्था गरेको हो।
असार मसान्तभित्रै सम्झौता सकिने व्यवस्थाले उपभोक्ता समितिहरुले जसरी पनि निर्माण गर्दा १५ दिन पनि नटिक्ने भएकोले समयावधि थप गर्ने निर्णय गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।
आर्थिक वर्ष २०७२÷०७३ मा सम्झौता भएका तर कार्यन्वयन नभएका समितिहरु स्वतः खारेज हुनेछन् भने २०७३÷७४ का योजनाहरुको दायित्व भने चालु वर्षको पहिलो चौमासिकसम्म कायम रहनेछ।
यो व्यवस्थापछि उपभोक्ता समितिहरुले भदौ, असोज र कार्तिकसम्म पनि निर्माण गर्नसक्ने हुँदा हतार नहुने र त्यसपछि निर्माणमा गुणस्तर कायम हुने महर्जनको विश्वास छ।