आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा एक अर्ब ८७ करोड सात लाख ५७ हजार बढी राजस्व संकलन गरेको छ ।
कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार विभागले १४ अर्ब ८३ करोड ७७ लाख ८५ हजार लक्ष्य दिएकामा १६ अर्ब ७० करोड ८५ लाख ४२ हजार राजस्व संकलन गर्न सफल भएको छ । संकलित राजस्व ११२.६१ प्रतिशत हो । सबैभन्दा बढी अन्तःशुल्क करतर्फ १४ अर्ब २३ करोड ७८ लाख ९४ हजार तथा सबैभन्दा न्यून शिक्षा सेवातर्फ दुई करोड १५ लाख राजस्व संकलन भएको छ ।
विभागले दिएको लक्ष्य स्वास्थ्य सेवा करमा पु¥याउन नसकिएको देखिन्छ भने अन्य सबैमा पुगेको छ । स्वास्थ्य सेवा करमा १२ करोड ४९ लाख १८ हजार लक्ष्य दिइएको थियो तर संकलन भने पाँच करोड ९३ लाख ५७ हजार भएको छ । स्वास्थ्य सेवा कर यहाँका दुई मेडिकल कलेजले ठूला करदाता कार्यालय काठमाडौँमा बुझाएपछि यहाँ कम संकलन भएको कार्यालयले जनाएको छ ।
आयकरतर्फ एक अर्ब २६ करोड ३० लाख ३५ हजार, घरबहाल करतर्फ नौ करोड २२ लाख ७० हजार, ब्याजकरतर्फ छ करोड १५ लाख दुई हजार र मूल्य अभिवृद्धि करतर्फ ९७ करोड २९ लाख ८४ हजार राजस्व संकलन भएको
छ । विभागले चालु आवका लागि यस कार्यालयलाई १९ अर्ब ७४ करोडको लक्ष्य दिएको छ ।
जिल्लामा अहिले ७० हजार करदाता रहेका छन् । तीमध्ये ४० हजार व्यवसायी र ३० हजार व्यक्तिगत छन् । छ हजार ३०० मूल्य अभिवृद्धि करमा आबद्ध छन् । गत आवमा यस कार्यालयलमा चार हजार ८०० करदाता थपिएका छन् । आव २०७२÷७३ मा १२ अर्ब १६ करोड ५६ लाख ६० हजार राजस्व संकलन गरेको थियो । चितवन र नवलपुरासीका दाउन्ने पूर्वका क्षेत्रबाट कार्यालयले कर संकलन गर्ने गर्दछ । रासस