चौधरी फाउण्डेसनले बाढी पीडितहरुलाई तत्काल राहत पु¥याउन प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, कम्बल, म्याट लगायतका सामाग्री वितरण थालेको छ।
फाउण्डेसनका छुट्टाछुट्टै टोलीले अति प्रभावित जिल्लाहरु सुनसरी, सप्तरी, चितवन, नवलपरासी र बर्दियामा पुगेर बाढीबाट राहत वितरण थालेका हुन्।
सो अवसरमा चौधरी ग्रुपद्वारा उत्पादित तयारी खाने कुराहरु बाढीपिडितलाई वितरण गरिएको छ। जसमा वाईवाई चाउचाउ, वाईवाई भुजिया, रियो जुस र रियो पानी रहेका छन्। यी खाद्यान्न पीडितका हातमा पर्नासाथ उपभोग गर्न सकिने भएकाले पीडितलाई तत्कालै राहत पुग्ने विश्वास फाउण्डेसनले लिएको छ।
यसका साथै पीडितहरुलाई कम्बल, ओछयाउने म्याट पनिवितरण गरिएको टोलीले जनाएको छ। यसैबीच चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सबैलाई आफ्नो ठाउँबाट पीडितहरुलाई सहयोग गर्न आह्वान गरेका छन्। उनले सरकार र निजी क्षेत्र मिलेर राहत कार्यमा तदारुकता दिइनुपर्नेमा जोड दिएका छन्।