फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को रजतजयन्तीको अवसर पार्दै त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट आउने र जाने गरी ५ हजार भन्दा बढी स्वदेशी तथा बिदेशी यात्रुलाइ पुष्प गुच्छा बितरण गरिएको हो।
अन्तर्राष्ट्रिय टर्मिनलमा ३ हजार र आन्तरिक टर्मिनलमा २ हजार यात्रुहरु गरी ५ हजारजनालाई पुष्प गुच्छा प्रदान गरिएको हो ।
फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा भएको पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने उदेश्यले गरिएको उक्त कार्यक्रममा पुष्पब्यबसायीहरुको बाक्लोे उपस्थिती रहेको थियो।
स्वदेशमा उत्पादन हुने पुष्प तथा पुष्पजन्य बस्तुको प्रयोग गरौं र बताबरणलाई स्वच्छ राखौं भनेर सर्वसाधारणलाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए।
कार्यक्रममा गुलाब, जर्बेरा लगायत अन्य कट फ्लावरको गुच्छा प्रदान गर्दै यात्रुहरुलाई स्वागत गरिएको थियो।
पुष्पब्यबसायको बजार प्रबद्र्धन गर्न यस्तो किसिमको जनचेतना मूलक कार्यक्रमले ब्यबसायीलाई फाइदा पुग्ने पुष्पब्यबसायी तथा ग्लोबल फ्लोराका अध्यक्ष संजीब कार्कीले बताए।
खुशी र दुखको जुनसुकै बेलामा पनि प्रयोग गरिने पुष्पजन्य बस्तुहरुको प्रयोगलाई ब्यापक बनाउँदै नेपाली उत्पादनको प्रयोग अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने लक्ष फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।