दोश्रो चरणको निर्वाचनको लागि सिट बाँडफाँड र उम्मेदवारको टुंगो लगाउन एमाले र माओवादी शिर्ष नेताहरुको बैठक बसिरहेको छ ।
एमाले उपाध्यक्ष बामदेब गौतमको भैँसेपाटी स्थित निवासमा बसेको बैठकमा सिट बाँडफाँडका लागि प्रयास भइरहेको छ ।
शिर्ष नेताहरुको क्षेत्र टुंगो लागेपनि पाँच क्षेत्रमा अझै सहमति नभइसकेको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए । चितवन क्षेत्र नम्बर २,दाङ क्षेत्र नम्बर २ लगायतका क्षेत्रमा अझै दुई दलबिच सहमति भएको छैन ।
बैठकमा एमाले अध्यक्ष केपी ओली,वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल लगायत छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल,नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छन् । बिहान ८ बजेदेखि सुरु भएको बैठक दिनभरीनै चल्ने उपाध्यक्ष गौतमले बताए ।