नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ ४ महिला नेतृको उम्मेदवारी टुंगो लगाएको छ।
कांग्रेस नेतृ आरजु राणा देउवा महालक्ष्मी उपाध्याय (डिना), सिता गुरुङ र अम्बिका बस्नेतलाई प्रत्यक्षतर्फको उम्मेद्वार बनाएको संसदीय समिति सदस्य बालकृष्ण खाणले सेतोपाटीलाई जानकारी दिए।
आरजु कैलाली- ५, डिना मकवानपुर- २, गुरुङ तेह्रथुम र बस्नेत काठमाडौँ-३ बाट प्रतिनिधिसभा चुनाव लड्ने पक्का भएको छ।