संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्। यसअघि सुनसरीबाट निर्वाचन जित्दै आएका यादवले यो पटक सप्तरी रोजेका हुन्। सप्तरी-२ मा यादवलाई राजपाले सघाउने सहमति भएको छ।
फोरमका वरिष्ठ नेता अशोक राई सुनसरी -१ बाट उम्मेदवार बन्ने भएका छन्। राई सुनसरीबाट पहिलोपटक उम्मेदवार बनेका हुन्।
राजपाबाट लोकतान्त्रिक फोरमहुँदै संघीय समाजवादी फोरम प्रवेश गरेका विमल श्रीवास्तवलाई फोरमले पर्सा २ बाट उम्मेद्वार बनाएको छ।
हेर्नुहोस् कसलाई कहाँ उम्मेद्वार बनायो