एमाले जिल्ला पार्टी कार्यालय भक्तपुरमा तालबन्दी भएको छ। पार्टी संगठन ध्वस्त पार्न माओवादी केन्द्र उम्मेदवारलाई टिकट दिन लागिएको भन्दै एमाले कार्यकर्ताले तालबन्दी गरेका हुन्।
एमाले नेतृत्व गठबन्धनपछि भक्तपुर क्षेत्र नं १ (क) माओवादी केन्द्रलाई छाड्न तयार भएको थियो। एमाले कार्यकर्ताले भने माओवादीका उम्मेदवार स्वीकार नगर्ने भन्दै आएका छन्।
हरिशरण लामिछानेलाई उम्मेदवार बनाउनुपर्ने माग एमाले कार्यकर्ताको छ। एमाले जिल्ला अध्यक्ष राजेन्द्र रजथलाले भने केही युवाहरुले उच्छृंखल गतिविधि गरेको बताए।
प्रतिनिधि सभामा एमालेले नारायणमान बिजुक्छे विरुद्ध कुनै उम्मेदवारी नदिने सम्भावना छ। एमाले कार्यकर्ताले आफ्नै उम्मेदवार खडा गर्नुपर्ने अडान लिदैँ आएका छन्।