काठमाडौं जिल्लाका ४ ठाउँमा मनोनयन दर्ता हुने भएको छ।
१० निर्वाचन क्षेत्र रहेको काठमाडौको क्षेत्र नम्बर १,२,३ र ४ को राष्ट्रिय सभागृहमा मनोनयन दर्ता हुनेछ। ५ र ७ क्षेत्रको बानेश्वर ओरालो स्थित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यालयमा हुनेछ।
कार्यालय धोबीखोला किनारामा छ। ६, ९ र १० मनोनयन दर्ता बानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ। क्षेत्र नं ८ को भने भूतथा जलाधार संरक्षण केन्द्र बबरमहलमा हुनेछ।
प्रतिनिधिसभासँगै प्रदेश सभाका २० निर्वाचन क्षेत्रका लागि पनि आजै मनोनयन दर्ता हुनेछ। ललितपुरमा पनि दुई ठाउँमा मनोनयन दर्ताका लागि कार्यालय खुलेको छ।
१ र २ को स्टाफ कलेज जाउलाखेल र ३ नम्बरको जिल्ला निर्वाचन कार्यालयमै हुनेछ।