स्थानीय तहको चुनावमा वीरगञ्ज महानगरपालिकामा मेयर उठेर पराजित भएका रहबर अन्सारीलाई माओवादीले प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनाएको छ।
पर्साको निर्वाचन क्षेत्रनम्बर १ को (क)बाट उनले प्रदेश सभा सदस्यको उम्मेदवार भएका हुन्।
मेयरको चुनावमा उनी पराजित भएका थिए। उनको जम्मा मत ८ हजार ३ सय ५ आएको थियो।