मंसिर २२ गते हुने चुनावका लागि आज मनोनयन दर्ता भइरहेको छ।
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भइरहेको हो।
विभिन्न दलका शीर्ष नेताहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर मनोनयन दर्ता गराएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि उनले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको प्रतिक्रिया दिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ मा मनोनयन दर्ता गराएका छन्।
दाहाल एमाले र माओवादीको संयुक्त र्यालीसहित मनोनयन गर्न पुगेका थिए।
डडेल्धुराबाट उम्मेदवार बनेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले वारेसनामामार्फत् मनोनयन दर्ता गराएका छन्।
राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर–बाट मनोनयन दर्ता गराएका छन्। यहाँ उनलाई कांग्रेसले समर्थन गर्ने सहमति भएको छ।
एमाले नेता माधवकुमार नेपालले काठमाडौं २ बाट उम्मेदवारी दिएका छन्।