हिमाली र पहाडी ३२ जिल्लाहरुमा पहिलो चरणमा गत कात्तिक ५ गते मनोनयन दर्ता भएपनि खासै चर्चा भएन। तर देशको राजधानी सहित अधिकाशं ठूला सहरमा बिहिबार भएको मनोनयन दर्ता 'उत्सव' बन्यो। झाँकी सहित दलका उम्मेद्वारले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराए। तर दलहरुको उम्मेद्वारी दर्ता कार्यक्रम भने फरक फरक थिए।
काठमाडौंमा १ बाट उम्मेद्वार रहेका रविन्द मिश्र सदा झैँ कोट पाइन्टमा ठाँटिएर उम्मेद्वारी दर्ता गर्न पुगे। विवेकशिलका झण्डै पचास समर्थक सहित पुगेका उनले राष्ट्रिय सभा गृहमा फोटो सेसन समेत गराए। न टिका न माला, न त खादा न त अबिरले रंगिएका गाला। उनको उम्मेद्वारी दर्तामा खुसी मात्र देखियो।
मिश्र जस्तै सबै उम्मेद्वार मनोनयन दर्तामा खुसी थिए। काठमाडौँ ४ कांग्रेस उम्मेद्वार गगन थापाको स्वरुप केही भिन्न थियो। उनी गलामा रुद्राक्षको माला पहिरिएर मनोनयन दर्तामा पुगेका थिए। त्यसो त पशुपतिनाथको मन्दिर उनकै निर्वाचन क्षेत्रमा छ। थापा घरबाट पनि सगुनको दहि खाएर निस्किएका थिए।
नवलपरासीमा मनोनयन दर्ता गराएका कांग्रेस महामन्त्री शंशाक कोइरालाको शिरमा फेटा बाँधिएको थियो। थारु पहिरनमा जस्तै उनी सेतो फेटामा माला र अबिरले रंगिएका थिए।
चितवनमा मनोनयन दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकारको फोटोकै लागि मनोनयन दर्ताको नाटक दोहोर्याएर गर्नुपर्यो। अनि प्रचण्डले जुम्लामा आफूले एउटै सभामा दोहोर्याएर एउटै भाषण गर्नुपरेको प्रसङ्ग पत्रकारलाई सुनाए। उनी चितवन ३ का उम्मेद्वार हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेद्वारी दिए।
संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव माला नलगाइ मनोनयन दर्ताका लागि पुगे। उनी घ्यू रंगको कुर्तामा सेतो रंगको गम्छा लगाएर मनोनयका लागि पुगे। यादवको निधारमा रातो टिका भने थियो। यादवको उम्मेद्वारी दर्तामा फोरमको झण्डाको समेत निकै कम प्रयोग भयो। उनी सप्तरी २ का उम्मेद्वार हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा भने मनोनयन दर्ताका लागि डडेलधुरा पुगेनन्। उनले वारेसनामा मार्फत् मनोनयन दर्ता गराए। कांग्रेसका रामचन्द्र पौडेल बाजा र कार्यकर्ताको नारा सहित मनोनयन दर्ताका लागि पुगे। तर बागी उम्मेद्वारले पौडेलको मनोनयन भन्दा धेरै चर्चा बटुल्यो।
एमाले अध्यक्ष केपी ओली पनि माला नलगाइ मनोनयनको फारम गर्दै गरेको देखिए। मनोनयन दर्ताकै दिन झापाको भद्रपुर एयरपोर्ट उत्रिएका उनी सुरुवातदेखि पत्रकारको घेरामा परे।
एमाले बरिष्ट नेता झलनाथ खनाल खादा र मालाले पुरिने अवस्थामा मनोनयनका लागि पुगे। एमालेकै अर्का बरिष्ट नेता मावधकुमार नेपाल भने हात हल्लाउँदै माला लगाउँदै मनोनयनमा पुगे।
राप्रपाका अध्यक्ष कमल थापा सैनिक सुरक्षा सहित मनोनयमा पुगे। निर्वाचनको ठिक अघि सरकारमा सामेल उनी उपप्रधानमन्त्री समेत हुन्।



[caption id="attachment_101925" align="alignnone" width="940"]

नेकपा माओवादी र एमालेका संयुक्त उम्मेद्वार पुष्पकमल दाहाल चितवन क्षेत्र नम्बर ३मा आफ्नो उम्मेद्वारीका लागि निर्वाचन कार्यालय जाँदै। तस्बिरः सेतोपाटी[/caption]