नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफु विरुद्ध वागी उठेका आफ्नै पार्टीका नेता गोविन्द राज जोशी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन्।
विषेश अदालतबाट भष्ट्राचार मुद्दामा दोषि ठहर भएको जिकिकर गर्दै पौडेलले जोशी विरुद्ध उजुरी दिएको पौडेलका स्वकीय सचिव चिरन्जिवी अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै दिइएको उजुरीमा जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर भएकाले जोशीको उम्मेदवारी खारेज गर्न उजुरी दिएका हुन्।
'गोविन्दराज जोशी विषेश अदालतको फैसलाबाट दोषि ठहर हुनुभएको र उक्त फैसला हालसम्म कायम रहेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ (घ)अनुसार उहाँ उम्मेदवार हुन अयोग्य हुनुभएको हुँदा उहाँको उम्मेदवारी खारेज गरि पाउँन सदर अनुरोध छ।' पौडेलले दिएको उजुरीमा उल्लेख छ।
जोशीलाई विषेश अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको थियो। विषेशको फैसला विरुद्ध जोशीले सर्वोंच्च अदालतमा पुनरावेदन दिएका छन्।