नेकपा एमालेले वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका आफ्ना नेता कार्यकर्तालाई फिर्ता लिन निर्देशन दिएको छ।
एमाले अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले एमाले-माओवादी तालमेल सफल पार्न अपिल गर्दै यस्तो निर्देशन दिएका हुन्। शनिबार जारी प्रेस विज्ञप्तिमा 'बागी उम्मेदवारी फिर्ता नलिए र गठवन्धनविरुद्ध गतिविधि नरोके कारबाही गर्ने' चेतावनी दिइएको छ।
पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकता हेरेर उम्मेदवार चयन गरे पनि कतिपय महत्वपूर्ण व्यक्ति समावेश गर्न सम्भव नभएको विज्ञप्तिमा छ।
‘चित्त नबुझेका कुरा भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने छ, तर उम्मेदवारको निर्णय भइसकेपछि हाम्रा असहमति र असन्तुष्टिले विपक्षीलाई फाइदा पुग्ने हुँदा यसलाई मनन गर्न शुभेच्छुक, कार्यकर्ता र सदस्यलाई आयोग आग्रह गर्छ,’ विज्ञप्तिमा भनिएको छ।