भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिपक्षी दल भारतीय कंग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन्।
उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा भएको राजनीतिक सभालाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली प्रयोग गरी प्रतिपक्षीको आलोचना गरेका हुन्।
भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री मोदीले भने, 'यदि तपाईंले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन्। कँग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुन: देखापर्छ।
हिमाञ्चलमा यही नोभेम्बर ९ मा स्थानीयस्तरको निर्वाचन हँदैछ। सोही सन्दर्भमा हिमाञ्चलवासीलाई सम्बोधन गर्न मोदी त्यहाँ पुगेका हुन्।
हिमाञ्चल राज्य सरकारमा अहिले कंग्रेसले सरकार चलाइरहेको छ।