संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध वागी उम्मेदवारी दिए राजपा नेताले जयप्रकाश ठाकुरले उम्मेदवारी फिर्ता नलिने भएका छन्।
निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय दिएको थियो। १ बजेभित्र सो क्षेत्र कुनै उम्मेदवारी फिर्ता नभएको निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले जानकारी दिए।
राजपा र फोरमले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सप्तरीमा राजपा सहमहामन्त्रीसमेत रहेका ठाकुरले यादवविरुद्ध उम्मेदवारी दिएका हुन्।